काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र चिलीमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
अन्तिम दुई प्रिक्वाटरफाइनलमा अमेरिका र मोरक्कोले जित हात पारेपछि क्वाटरफाइनल समिकरण पनि पूरा भएको हो । अन्तिम दुई प्रिक्वाटरफाइनलतर्फ अमेरिकाले इटालीलाई ३–० ले हराउँदै मोरक्कोले दक्षिण कोरियामाथि २–१ को जित हात पार्यो ।
यो दुई खेलको नतिजाहरुसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनल खेलहरु भने यही ११ अक्टोबरदेखि शुरु हुने कार्यक्रम रहेको छ ।
११ अक्टोबरका दिन हुने दुई क्वाटरफाइनलतर्फ पहिलो क्वाटरफाइनलमा स्पेन र कोलम्बिया भिड्ने छन् भने दोस्रो क्वाटरफाइनलमा मेक्सिको र अर्जेन्टिना भिड्ने छन् ।
त्यस्तै १२ अक्टोबरका दिन हुने अन्तिम दुई क्वाटरफाइनलतर्फ तेस्रो क्वाटरफाइनलमा अमेरिका र मोरक्को भिड्ने छन् भने चौथो क्वाटरफाइनलमा नर्वे र फ्रानस आमने सामने हुनेछन् ।