News स्वर्गीय पवन राई स्मृति कप : तेस्रो दिनका दुबै खेलमा मोरङ र सुनसरीको विजयी
गोलनेपाल

झिलझिले । स्वर्गीय पवन राई स्मृति तेस्रो अन्तर प्रदेश नकआउट भेटेरान्स फुटबल प्रतियोगिताको तेस्रो दिन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आज सम्पन्न दुईवटै खेलमा मोरङ र सुनसरीका टोलीहरूले जित हात पारी प्रतियोगिताको क्वार्टर फाइनल मा स्थान पक्का गरेका छन्।

पहिलो खेल मा झापाको दुधे भेटेरान्स क्लब र मोरङको दल्केजोवन भेटेरान्स क्लब बीच प्रतिस्पर्धा भएको थियो। खेलमा दल्केजोवन भेटेरान्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै १–२ को नतिजामा दुधे भेटेरान्स क्लबलाई पराजित गर्यो।

खेलमा दल्केजोवनका प्रदीप राईलाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरिएको थियो।

त्यसैगरी दोस्रो खेलमा आयोजक झिलझिले भेटेरान्स क्लब (निलो)र सुनसरीको रामधुनी भेटेरान्स क्लबबीच प्रतिस्पर्धा भएको थियो। सन्तुलित सुरुवात भए पनि रामधुनी भेटेरान्स क्लबले उत्कृष्ट समन्वय र आक्रमण प्रदर्शन गर्दै ०–२ को नतिजामा विजयी भएको थियो।

खेलमा निर्णायक भूमिका खेलेका रामधुनीका दिपेन राईलाई म्यान अफ द म्याच घोषित गरिएको छ।

Post Comments