News गोरखाः तेस्रो आरुटार कप हुने
गोलनेपाल

आरुघाट । आरुटार युथ सोसाईटी क्लब, आरुघाट–९, आरुटार, गोरखाको आयोजनामा भुवन प्रसाद श्रेष्ठ स्मृति तेस्रो आरुटार कप फाईभ ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि आउँदो कार्तिक २७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७७७७+२२२२ तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको मिति भने आधिकारिक रुपमै छिटै घोषणा गरिने पनि आयोजकले जनाएको छ । आरुघाट गाउँपालिका, आरुटार, गोरखाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेता ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ खेलाडी गरी तीन विधाका खेलाडीहरुलाई नगद ३,३३३ रुपैयाँसहित ट्रफी प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments