News निरीह बन्यो नेपाल, इरानलाई तीन देशीय सिरिजको उपाधि
गोलनेपाल

काठमाडौं । भारतको शिलोङमा जारी तीन देशीय सिरिज फिफा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितातर्फ नेपालले आफ्नो पहिलो खेलमा इरानसँग हार बेहोरेको छ ।

शुक्रबार जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले इरानसँग ०–३ को हार बेहोरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफ मै तीन गोल खान पुग्यो ।

उता लगातार दोस्रो जित हात पारेको इरानले तीन देशीय सिरिजको उपाधि जितेको छ । यसअघि इरानले आफ्नो पहिलो खेलमा आयोजक भारतलाई २–० ले पराजित गरेको थियो ।

अब सिरिज अन्तर्गतको अन्तिम खेलमा अक्टोबर २७ तारीख (कार्तिक १० गते) सोमबारका दिन नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दुवै टोलीबीचको प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।

Post Comments