News बिरगंज युनाइटेड सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बटेश्वर । बिरगंज युनाइटेड, पर्सा यहाँ जारी १३औं बनदेवी माई अध्यक्ष गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार भएको चौथो क्वाटरफाइनलमा बिरगंजले न्यु शिवशक्ति युवा क्लब, सिन्धुलीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

बिरगंजको जितमा युवराज खड्का र अन्जन बछरले समान एक–एक गोल गरे । बिरगंजका गोलकर्ता अन्जन खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक ८ गते शनिबारको पहिलो सेमिफाइनल खेल जनसेवी फुटबल क्लब, बर्दिवास र आयोजक बनदेवी माई युवा क्लब, धनुषाबीच हुने आयोजकले जानकारी दियो ।

बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।

Post Comments