बागलुङ । राष्ट्रिय स्तरमा खेलकुद प्रतिभा प्रस्तुत गर्ने र खेलाडीहरूलाई तन्दुरुस्त राख्ने उद्देश्यले बागलुङ नगरपालिकाको आयोजनामा मंसिर १४ गतेबाट बांगेचौर खेलमैदान-१ बागलुङमा बागलुङ नगरपालिका अन्तर नगरपालिका मेयर कप सुरू हुदैंछ।
प्रतियोगितामा विजेता टोलीलाई रु. ३,३३,३३३/- नगद, ट्रफी र पदक प्रदान गरिनेछ र उपविजेता टोलीलाई रु. २,२२,२२२/- नगद, ट्रफी र पदक प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई रु. १०,०००/- नगद पुरस्कार प्रदान गरिनेछ।
बागलुङ नगरपालिकाले खेलकुदमा अनुशासन, नेतृत्व र सौहार्दतालाई प्रवर्द्धन गर्दै प्रतियोगितालाई उदाहरणीय कार्यक्रमको रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिले यो प्रतियोगिता आयोजना गरिरहेको छ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
