बाग्लुङ । सोमबारदेखि बाग्लुङ जेसीज, बाग्लुङ शाखाको आयोजनामा चौथो जेसिज कप गण्डकी प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
उद्घाटन खेलमा कालीजंग गणले हाइकर्स युनाइटेडलाई ४–१ को अन्तरले हराउँदै विजयी शुरुवात गर्यो । कालीजंग गणका लागि दिपेन दियालीले प्रतियोगिता कै पहिलो ह्याट्रिकसहित एक्लैले चार गोल गरे । उता हाइकर्सका लागि रोहन जिसीले एक मात्र गोल फर्काएका थिए । खेलमा कालीजगंग गण कै दिपेन दियाली प्लेयर अफ दि म्याच चुनिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक), आयोजक बाग्लुङ जेसीजकी अध्यक्ष जेसी अन्जीला श्रेष्ठ लगायतले संयुक्त रुपमा गरेका थिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका विभागीय टोलीहरुसहित कुल १४ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबकी अध्यक्ष जेसी अन्जीला श्रेष्ठले बताईन । उनले प्रतियोगितालाई आउने दिनहरुमा राष्ट्रियस्तर मै आयोजना गर्ने योजना रहेको समेत सुनाईन ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने खेल संयोजक शुभम राजभण्डारीले बताए । फाइनल खेल भने यही चैत्र २८ गतेका दिन हुनेछ ।
- बाग्लुङ नगरपालिकालाई तेस्रो बाग्लुङ मेयर कपको उपाधि
- तेस्रो बाग्लुङ मेयर कपको उपाधिका लागि पर्वत र बाग्लुङ प्रतिस्पर्धा गर्ने
- तेस्रो बाग्लुङ मेयर कप : सेमिफाइनल समीकरण पूरा
- तेस्रो बाग्लुङ मेयर कप : पैयुँ गाउँपालिका (पर्वत) सेमीफाइनलमा प्रवेश
- तेस्रो बाग्लुङ मेयर कप सुरू, घरेलु टोली बाग्लुङ निलोको सानदार शुरूवात