News चौथो कार्तिकेय कुमार गोल्डकपः बिराटनगर सिटी उपाधि नजिक
गोलनेपाल

कर्जन्हा । बिराटनगर सिटी फुटबल क्लब, मोरङ यहाँ जारी चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ बिराटनगरले पर्सा राईडर्स फुटबल क्लब, बिरगंजलाई ३–२ को अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

बिराटनगरको जितमा हरी खवासले दुई गोल गर्दा थप एक गोल अनिष धामीले गरे । उता पराजित पर्सा राईडर्सका लागि अजित चौधरी र बिकास दर्लामी मगरले गोल गरे । खेलमा बिराटनगरका लागि दुई गोल गरेका हरी खवास म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत कार्तिक २४ गते सोमबारको दोस्रो सेमिफाइनल खेल बन्दीपुर युवा क्लब, सिराहा र डाँगीहाट फुटबल क्लब, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २६ गतेका दिन हुनेछ ।

Post Comments