सिरहा । । शहिद हेमनारायण गाेल्डकपमा सलहेश युवा क्लब फाइनलमा प्रवेश गरेको छ। सलहेशले गाेल्डेन स्टार,भलुवा लाई २-१ ले पराजित गरेको हाे।
पहिलो हापमा २८औं मिनेटमा सुमन चाैधरीकाे गाेल बाट सुरुवती अग्रता गाेल्डेन स्टारले बनाएकाे थियोे । पहिलेा हापकै इन्जुरी थप सात मिनेटकाे समयमा ४३ अैा मिनेटमा फागुराम थारुले सलहेशलाई बराबरीमा पुराएका थिए र साेहि इन्जुरी समयमा ४६अैा मिनेटमा अवि लामाले गाेल गर्दै सलहेशला २-१ काे अग्रतामा बनाएका थिए ।
दाेस्राे हापकाे २३औं मिनेटमा पेनाल्टी काे अपिल गरदै गाेल्डेन स्टार द्वरा खेल राेक्निन पुगेकाे थियाे । खेल समयमा खेलाडी मैदान पबेश नगरेकाले आयाेजकले वाकओभरको निर्णय लिएकाे थियाे ।
वाकवरकाे निर्णय सगै २-१ गाेलले नै शलहेश फाईनल प्रवेश गरेकाे छ। अवि लामा खेलकाे म्यान अफ द म्याच चुनिए । शलहेश फाइनलमा आरआईयफसी,काठमाडौं संग १५ गते फाइनल खेल खेल्ने छ ।