News नेपाली मूलका साश्वतले चर्चित स्वीडिस क्लब माल्मोमा अनुवन्धित
गोलनेपाल

काठमाडौं । डेनमार्कको कोपेनहेगनमा जन्मिएर उतै हुर्किएका नेपाली मूलका साश्वत राणा स्वीडेनको चर्चित शिर्ष लिग खेल्ने क्लब माल्मो एफएफमा व्यवसायीक रुपमा अनुवन्धित भएका छन् ।

१८ वर्षिय लेफ्ट ब्याक राणाले यसअघि डेनमार्क कै हेलेरुप, एफसी कोपेनहेगन क्लबबाट समेत खेल्दै युथ स्तरीय फुटबल उपाधि समेत जितिसकेका छन् । डेनमार्कको क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेपछि राणा स्वीडीस क्लबको नजरमा परेका हुन् ।

माल्मोले साश्वतलाई अनुवन्ध गरेको कुरा आधिकारिक रुपमा समेत जानकारी गराएको छ । साथै क्लबका अनुसार साश्वतले माल्मोसँग् ती वर्षका लागि अनुवन्ध गरेका छन् ।

स्मरण रहोस, केही समय अघि साश्वतले साफ यु-२० च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा सहभागी हुन नेपाल समेत आएका थिए ।

Post Comments