News महोत्तरीमा प्रथम जि.एम. कप हुँदै (खेलतालिकासहित)
गोलनेपाल

गौशाला । जि.एम. स्पोर्टस एकेडेमी, गौशाला नगरपालिका–१, महोत्तरीको आयोजनामा यही मंसिर ६ गतेदेखि प्रथम जि.एम. कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

गौशाला नगरपालिका–१, रामनगर चिनीमिल स्थित फारलेन खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा मंसिर ६ गतेका दिन एपिएफ बर्दिबास र खयरमारा स्पोर्टस क्लब भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने मंसिर १२ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५११५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २११२१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments