News
आयोजक जि.एम. स्पोर्टसलाई उपाधि
गौशाला । संघर्षपुर्ण जित हासिल गर्दै यहाँ सम्पन्न प्रथम जि.एम. कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक जि.एम. स्पोर्टस क्लबले जितेको छ ।
जि.एम. स्पोर्टसले फाइनलमा भाप्सी एकेडेमीलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि महोत्तरीको गौशाला नगरपालिका–१ फारलेन मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने जि.एम. स्पोर्टस ५–४ ले विजयी बन्यो ।
विजेता बनेको आयोजक जि.एम. स्पोर्टसले उपाधिसहित नगद ५१,१५१ रुपैयाँ हात पार्यो भने उपविजेता भाप्सी एकेडेमीले २१,१२१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
जि.एम. स्पोर्टस एकेडेमी, गौशाला नगरपालिका–१, महोत्तरीको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएको आयोजक एकेडेमीका संस्थापक कुलदिप कार्कीले जानकारी दिए ।
Post Comments