News
पूर्वेली युथ सेमिफाइनलमा प्रवेश
भद्रपुर । पूर्वेली युथ क्लब, बिर्तामोड यहाँ जारी स्व. आलोक भण्डारी र संजिग गिरी स्मृति चन्द्रगढी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा पूर्वेली युथले बेलटारी फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा पूर्वेली युथ ३–२ ले विजयी बनेको हो ।
खेलमा पूर्वेली युथका पुजन थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १३ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक चन्द्रगढी युवा क्लब, भद्रपुर र ब्राईट स्र्पोटिङ क्लब, भारत बीच हुने आयोजकले जानकारी दियो ।
यही आउँदो मंसिर २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा