भद्रपुर । शनिश्चरे फुटबल क्लब, झापा यहाँ जारी स्व. आलोक भण्डारी-संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिश्चरेले बाहुडाँगी युथ क्लब, झापालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ शनिश्चरेका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल छवी लिम्बुले गरेका थिए । उता बाहनुडाँगीका लागि निशान प्रधानले दुई गोल गर्दा थप एक गोल राज क्षेत्रीले गरेका थिए ।
निर्धारित समयको खेल रोमाञ्चक बराबरीमा टुंगिएपछि टाईब्रेकरमा शनिश्चरेले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ दि म्याच भने बाहुनडाँगीका आयुष राई घोषित भए ।
चन्द्रगढी युवा क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ । फाइनल खेल भने यही मंसिर २० गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा