News पहिलो हरिपुर गोल्डकप सुरु, एभरेष्ट एफए विजयी
गोलनेपाल

सर्लाही, हरिपुर – आइतबारबाट सुरु भएको पहिलो हरिपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट एफएले गोलबजार स्पोर्ट्स क्लबलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

निर्णायक गोल अभि लामाले २७औँ मिनेटमा गरे। उनले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि पनि हात पारे।

प्रतियोगिताको दोस्रो खेलमा हेटौंडा फुटबल एकेडेमी र चिडियाडाहा स्टार क्लबबीच सोमबार प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता श्री नव संघर्षशिल युवा क्लबको आयोजनामा हुँदैछ र हरिपुर नगरपालिकाले यसलाई समर्थन गरेको छ।

Post Comments