काठमाडौं (एजेन्सी) । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी शनिबार भारतको कोलकाता शहरमा आइपुगेका छन् । ७२ घण्टे भारत बसाईका क्रममा उनले कोलकातासहित हैदराबाद, मुम्बई र नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
त्यसबाहेक उनले कोलकातामा बनाइएको उनको ७० फिट अग्लो कदका शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको छ । मेसीलाई हेर्न कोलकाता विमानस्थलमा समर्थकहरुको अत्याधिक भिड लागेपछि उनलाई अर्को बाटो प्रयोग गरि विमानस्थल बाहिर लगिएको थियो ।
स्मरण रहोस, मेसीको यो दोस्रो भारत भ्रमण समेत हो । यसअघि उनी सन् २०११ मा पनि भारतमा आएका थिए । मेसीले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका लागि मेसीसँगै उनको वर्तमान क्लब इन्टर मियामीका टिममेट्स लुईस सुआरेज र रोड्रिगो डि पाउल पनि सँगै भारत आएका छन् ।