ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा मानाभरा युथ स्पोर्टिङ क्लबको आयोजनामा “प्रथम मानाभरा गोल्डकप २०८२” पुस १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी हात पार्नेछ।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार रुपैयाँ, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५–५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने मानाभरा युथ स्पोर्टिङ क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो।
प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका उत्कृष्ट आठ क्लबहरूको सहभागिता रहने बताइएको छ ।आयोजकले खेलप्रेमी दर्शकहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन समेत आग्रह गरेको छ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई