News दोस्रो तरहरा गोल्डकपः पानबारी एफसी सेमिफाइनलमा
गोलनेपाल

तरहरा । पानबारी फुटबल क्लब, धरान यहाँ जारी दोस्रो तरहरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा पानबारीले बेलका युथ क्लब, उदयपुरलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।

पानबारीको जितमा प्रदिप राई र अजुृन लिम्बुले गोल गरे । उता पराजित बेलाकाका लागि भने रोशन गुरुङले एक मात्र गोल गरेका थिए । खेलमा पानबारीका प्रदिप राई म्यान अफ दि म्याच बने । उनलाई खेलका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका सह–सचिव केशव कार्कीले नगद २५०० र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत पुष ७ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल वाई.बी.एफसी, इटहरी र केराबारी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

योङ ब्वाईज फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments