News एकतर्फी जितका साथ अभिषेक चर्च सेमिफाइनलमा
गोलनेपाल

कावासोती । अभिषेक चर्च फुटबल क्लब, रजहर जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा अभिषेक चर्चले एभीएफसी, कोलकाता (भारत) लाई ७–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

अभिषेक चर्चको जितमा योमीले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै सुरज थारुले दुई गोल गर्दा बिकी चाम्लिङ राईको नाममा एक गोल रह्यो । उता भारतीय टोलीले भने अभिषेक चर्च कै सबिन प्रजापतिले गरेको आत्मघाती गोल उपहार पाएको थियो । खेलमा ह्याट्रिसहित चार गोल गरेका अभिषेक चर्चका योमी प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष १२ गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल जस्त जोन एफसी र हेटौडा फुटबल एकेडेमी बीच हुने आयोजकले जानकारी दियो ।

 सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष १६ गतेका दिन हुनेछ ।

Post Comments