कुलिगैरा । तान्द्राङ युथ क्लब, भिमसेनथापा गाउँपालिका–३, गोरखाको आयोजनामा यही पुष २८ देखि माघ १ गतेसम्म दोस्रो तान्द्राङ कप फुटबल प्रतियोगिता हुने भएको छ ।
भिमसेनथापा गाउँपालिका–३, कुलिगैरा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता यही पुष २५ गतेसम्म खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १५००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८८,८८८ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई पनि नगद ४४,४४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसबाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका समिर पाण्डेले बताए ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन