धनगढी । यहाँ सम्पन्न बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ।
धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संघर्ष स्पोर्ट्स क्लब गोदावरीले सहारा युवा क्लब पहलमानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधि जितेसँगै संघर्ष स्पोर्ट्स क्लब गोदावरीले नगद दुई लाख रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको सहारा युवा क्लब पहलमानपुरले नगद एक लाख रुपैयाँ प्राप्त गर्यो।
विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोक बहादुर खड्का, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल तथा बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कमला जोशी र सदस्य गोकर्ण जोशीलगायतले संयुक्त रूपमा ट्रफी, मेडल तथा नगद चेक प्रदान गरे।
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा