News गोर्खामा दोस्रो तान्द्राङ कप सुरू, हिमालयन हबको विजयी शुरुवात
गोलनेपाल

तान्द्राङ । गोर्खा जिल्ला भिमशेन थापा गाउँपालिका वडा नम्बर ३ कुलीगैरा खेलमैदान तान्द्राङमा सोमबारबाट दोस्रो तान्द्राङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। तान्द्रङ युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा सोमबार प्रतियोगितात्मक एक खेल सम्पन्न भएको छ। भिमसेन थापा गाउँपालिका प्रमुख लोक प्रसाद बन्जराको हातबाट भव्य समुद्घाटन भएको उक्त प्रतियोगिता माघ एक गतेसम्म सञ्चालन हुनेछ।

भीमसेन थापा गाउँपालिका वडा नं ३ लाई ८ - ० को बिशाल नतिजामा हराउदै हिमालयन हब फुटबल क्लब काठमाडौँ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हिमालयन हबलाई जित दिलाउनका लागि सलिल ढकाल एक्लैले दुई ह्याट्रिक सहित सात गोल गरेका हुन भने रविन्द्र श्रेष्ठले एक गोल गरेका थिए।

मङ्गलबार उक्त प्रतियोगितामा पाँच वटा खेल हुनेछन्। बिहान ९ बजेबाट खेल सुरु हुनेछ। 

 

Post Comments