तान्द्राङ । गोर्खा जिल्ला भिमशेन थापा गाउँपालिका वडा नम्बर ३ कुलीगैरा खेलमैदानमा जारी दोस्रो तान्द्राङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार चार खेल सम्पन्न भएका छन्।
पहिलो खेल तान्द्रङ युवा क्लब बी र सोल्टी युनाइटेड बीच भएको थियो। उक्त खेल निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पश्चात पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै सोल्टी युनाइटेडले सेमीफाइनलको यात्रा तय गरेको थियो।
दोस्रो खेल गैरीछाप फुटबल क्लब र लोकतान्त्रिक फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदा उक्त खेलमा ४-१ को स्पष्ट जित हात पार्दै लोकतान्त्रिक फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको थियो। लोकतान्त्रिकलाई जित दीलाउनका लागि रोजल दाहाल र अमन चौधरीले समान दुई दुई गोल गरेका हुन्। उता पराजित भएको टोली गैरीछापका लागि मनिष पाण्डेले एक गोल गरेका थिए।
तेस्रो खेल आयोजक तान्द्राङ युवा क्लब र सल्यानटार स्पोर्ट्स एकेडेमी प्रतिस्पर्धा गरेका थिए उक्त खेलमा ३-१ को सहज जित हात पार्दै आयोजक सेमीफाइनल प्रवेश गरेको छ। आयोजकलाई जित दिलाउनका लागि कप्तान आशिष बानियाले दुई तथा सत्यम ठकुरीले एक गोल गरेका हुन् । पराजित भएको टोली सल्यानटारका लागि राजन बुढाथोकीले एक गोल गरेका थिए।
बुधबारको अन्तिम तथा यस प्रतियोगिताको पहिलो सेमीफाइनल खेल श्री लोकतान्त्रिक फुटबल क्लब र सोल्टी युनाइटेड बीच सम्पन्न भएको छ। उक्त खेल निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउट साथै सडन डेथसम्म पुगेको थियो।
दुवै टोलीबाट कुल ७/७ प्रहार हुँदा लोकतान्त्रिकका गोल रक्षक सुरज गुरुङले दुई प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका हुन। पेनाल्टी सुटआउटमा चार तिनको नतिजामा जित हात पार्दै लोकतान्त्रिक उपाधि नजिक पुगेको हो।
बिहिबार बिहान ८ बजे आयोजक तान्द्राङ युवा क्लब र हिमालयन हब दोस्रो सेमीफाइनल खेल खेल्नेछन्। समय अभावका कारण उक्त खेल बुधबार हुन सकेन। साथै उक्त प्रतियोगिताको फाइनल खेल पनि बिहिबार नै हुनेछ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन