तान्द्राङ । गोरखा जिल्लामा आयोजित सर्वाधिक धनराशिको दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिता – 7A-साइड भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिता पुष २८ देखि माघ १ सम्म भीमसेन थापा गाउँपालिका वडा नं. ३, कुलिगैरा खेलमैदानमा आयोजना गरिएको थियो।
उक्त प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिता तान्द्राङ युवा क्लब का अध्यक्ष सचिन खनालको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो। आयोजकहरूले बताएका छन् कि करिब १ हप्ताको तयारीमा पनि युवा टोलीले यसरी व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत भएको छ।
उपाध्यक्ष र सचिव समितिः
उपाध्यक्ष: बिरोचन बिक र रञ्जु पुडासैनी सचिव: समीर पाण्डे सह-सचिव: अमृत खनाल कोषाध्यक्ष: बिनोद बस्ताकोटी
सदस्यहरूः
आदर्श लामिछाने, भास्कर खनाल, रमेश सुर्खेती, सुजन भट्ट, सुजिता बिक
प्रतियोगिताको अन्तिम नतिजाः
विजेता (सर्वाधिक धनराशि): लोकतान्त्रिक क्लब — रु. १,६६,६६६ उपविजेता: आयोजक तान्द्राङ युवा क्लब — रु. ८८,८८८ तेस्रो स्थान: हिमालयन हब, काठमाडौं — रु. ४४,४४४
आगामी वर्ष प्रतियोगितालाई अझ व्यवस्थित रूपले आयोजना गर्ने साथै खेलमैदानको थप स्तरोन्नती गर्ने पनि आयोजकले बताएको छ। यसले गोरखामा फुटबलको स्तर बढाउने मात्र नभई युवा प्रतिभा पहिचानमा पनि ठूलो योगदान पुर्याउनेछ।
प्रतियोगितामा स्थानीय दर्शकहरूको उत्साहपूर्ण उपस्थितिले खेलमैदान थप जीवन्त बनेको थियो। आयोजकहरूले यस प्रतियोगितालाई स्थानीय खेलकुद प्रवर्द्धन, युवा सशक्तिकरण, र प्रतिभा पहिचानको उत्कृष्ट उदाहरणका रूपमा लिइएको बताएका छन्।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन