News
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको दोस्रो जित
काठमाडौं । थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपतर्फ नेपालले आफ्नो पाँचौं खेलमा दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानमाथि ५–१ को जित हात पारेको हो ।
उपाधि होडबाट लगभग बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेल २५ जनवरीका दिन भुटानसँग खेल्नेछ । भुटानले बुधबार नै भएको अर्को खेलमा माल्दिभ्सलाई ४–२ ले पराजित गर्यो । त्यस्तै उपाधि होडमा रहेको बंगलादेशले श्रीलंकामाथि ६–३ को जित हात पार्यो ।
बुधबारको खेलपश्चा्त ४ खेलबाट १० अंक जोडेको बंगलादेश शिर्ष स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको भारत दोस्रो स्थानमा रहँदा समान ५ खेलबाट ७–७ अंक जोडेका नेपाल र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल