News गोलरक्षक प्रतीक सुनार नायक बन्दा भैरव नवलपरासीमा जारी आठौं बसन्त कपको क्वाटरफाइनलमा
गोलनेपाल

सरावल गाउँपालिका वडा न. एक बसही रङ्गशाला नवलपरासीमा श्री बसन्त युथ क्लबको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौ बसन्त कप अन्तर्गत बिहीबार भैरव स्पोर्ट्स क्लब नवलपरासी र योङ बोइज क्लब देवदह रूपन्देही प्रतिस्पर्धा गरेका छन्।

उक्त खेलमा निर्धारित समय दुवै टोली एक एक गोलको बराबरी खेलेका थिए। हिमाल मगरको गोलमा अग्रता बनाएको भैरवले निर्धारित समयको अन्तिम मिनेटमा सम्हालिन नसक्दा खेल बराबरीमा आएको थियो। खेलको अन्तिम मिनेटमा योङ बोइजका लागि कप्तान दर्शन थापाले गोल गरेका थिए।

त्यसपश्चात उक्त खेल पेनाल्टी सुटआउटमा गएको थियो। जसमा भैरवका गोल रक्षक प्रतिक सुनारले उत्कृष्ट दुई बचाउका साथमा आफ्नो टिमलाई अघिल्लो चरण पुर्याएका हुन्। साथै उनी उक्त खेलको म्यान अफ द म्याच पनि बनेका छन्। पेनाल्टी सुटआउटमा लगातार दुई प्रहार मिस गरेको भैरवले त्यसपश्चात् कमब्याक गरेको थियो। पेनाल्टी सुट आउटमा ३-२ को नतिजा जित हात पार्दै भैरव क्वार्टर फाइनल प्रवेश गरेको हो।

शुक्रबार पहिलो क्वाटरफाइनल अन्तर्गत सुनवल एफसी सुनवल र हिमालय सामुदायिक विकास केन्द्र रूपन्देही दिलको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताको मुख्य प्रायोजक सरावल गाउँपालिका वडा न.एक रहेको छ भने, दोस्रो पुरस्कार प्रायोजक सरावल उद्योग वाणिज्य संघका बरिस्ट उपाध्यक्ष तथा युवा समाजसेवी बिरेन्द्र यादब रहनुभएको छ।

Post Comments