पालडाँडा । नवलपरासीमा जारी पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत भैरव स्पोर्टस क्लब र मोन्स्टर गाईज फुटबल क्लब, सुनवलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
बर्दघाट–५, पालडाँडा स्थित स्थानीय खेलमैदानमा भएको खेलमा भैरवले समपुर्ण युवा क्लब, सुपौलीलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा भैरवका बिमल घर्ती मगर म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै अर्को खेलमा मोन्स्टर गाईजले जनशक्ति युवा क्लबलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गर्यो । खेलमा मोन्स्टर गाईजका उमेश थापा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ १२ गते सोमबारको क्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह र अभिषेक चर्च फुटबल क्लब, रजहरबीच हुने खेल संयोजक खडक सिंह पुनले जानकारी दिए ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १९ गतेका दिन हुनेछ ।