News तेह्रथुमः होडा माघे मेलामा लुङछाता र सिताराम क्वाटर फाइनलमा प्रवेश
गोलनेपाल

छातेढुङा । तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ५ छातेढुङ्गाको होडामा जारी माघे मेला खुल्ला पुरूष फुटबल प्रतियोगितामा लुङछाता एफसी छातेढुंगा र सिताराम युथ क्लब टुडिखेल क्वाटरफाइनल प्रवेश गरेका छन ।

सरस्वति आधारभुत विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न पहिलो खेलमा चुहानडॉडालाई ३-० गोलले पराजित गर्दै लुङछाता क्वाटर फाइनलमा प्रवेश गरेको हो।

त्यस्तै दोस्रो खेलमा आयोजक होडा नागेश्वरी युथ क्लब बी लाई ४-० गोलले पराजित गर्दै सिताराम युथ क्लब टुडिखेलले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको तेस्रो दिन माघ १३ गते मंगलबार प्रि-क्वाटर फाइनलका तीन खेल हुने खेल तालिका रहेको छ । मंगलबार हुने पहिलो खेलमा निभारे ह्वाकू र लिसिबुङ बिच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ ।

माघ १६ गते सम्म सन्चालन हुने खुल्ला पुरूष तर्फको विजेताले नगद एक लाख सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ६० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।

खुल्ला महिला तर्फको विजेताले १५ हजार सहित ट्रफि र उपविजेताले १० हजार सहित ट्फि प्राप्त गर्नेछन ।

त्यस्तै खुल्ला पुरूष भलिबल तर्फको विजेताले ३० हजार सहित ट्रफि र उपविदेताले १५ हजार सहित ट्रफि प्राप्त गर्ने माघे मेला सन्चालन समितिका खेल संयोजक मिलन राइले जानकारी दिए ।

Post Comments