News पालडाँडा कपः अभिषेक चर्च सेमिफाइनलमा
गोलनेपाल

पालडाँडा । अभिषेक चर्च फुटबल क्लब, रजहर नवलपरासीमा जारी पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलतर्फ अभिषेक चर्चले देवदह ब्वाईज, देवदहलाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । अभिषेक चर्चको जितमा एलिस मगर र दिपेश रेग्मीले गोल गरे । उता पराजित देवदहका लागि भने सुरज चौधरीले गोल गरेका थिए । खेलमा अभिषेक चर्चका जितेश गुरुङ म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १३ गते मंगलबारको खेल आयोजक सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, नवलपरासी र डि.वाइ.डि.ए., दुम्कीबास बीच हुने खेल संयोजक खड्क सिह पुनले जानकारी दिए । 

सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १९ गतेका दिन हुनेछ ।

Post Comments