पौवादुङमा । भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा नया श्रीनाथ गण भोजपुरले पेनाल्टी सुटआउटमा जाल्पादेबि एफ सि लाइ ३:२ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
तेसअगि दुबै टोलिले निधारिक समय १:१ को बराबरी खेलेका थिए । जल्पा देबिको लागि जर्सि न १० का निकेस भट्टराईले गोलका थिए भने नया श्रीनाथ गण भोजपुरको लागि जर्सि न १० कै निराजन गुरुङले खेल बराबरीमा ल्याएका थिए । खेलको प्लेयर अफ द म्याच नया श्रीनाथ गण भोजपुरका निराजन गुरुङ भएका थिए ।
प्रतियोगिताको बिजेताले ३ लाख ट्रफी दोस्रो हुनेले २ लाख ट्रफी मेडल प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि दुइ खेल हुनेछ । पहिलो खेल छथर गाउपालिका तेह्रथुम भर्सेस योङ ब्वाइज धरान बीच हुनेछ भने दोस्रो खेल जरायोटार एफ सि भोजपुर भर्सेस अलस्टार क्लब धरानको बिचमा हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।

- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा