पौवादुङमा । तालतलैया फुटबल क्लब, इटहरी र टेम्केमैयुङ गाउँपालिका, भोजपुर यहाँ जारी तेस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दिनको पहिलो खेलमा तालतलैयाले कोदार फुटबल क्लब, भोजपुरलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ तालतलैयाका लागि सक्षम प्रधानले गोल गरेका थिए भने कोदारका लागि सन्तोष तामाङले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच तालतलैया कै मनिष माझी चुनिए ।
त्यस्तै दोस्रो खेलमा टेम्केमैयुङले पौवादुङमा गोल्डकप आयोजक समितिलाई पेनाल्टी शुटआउट मै ६–५ ले हरायो । त्यसअघि यी दुई टोलीले पनि १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ टेम्केमैयुङका लागि खुशीकाजी बस्नेतले गोल गरेका थिए भने आयोजक समितिका लागि भरत राईले गोल गरेका थिए । खेलमा टेम्केमैयुङका गोलरक्षक नबिन पोखरेल म्यान अफ दि म्याच चुनिए ।
तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा