लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकप अन्तर्गत शनिबार धनुषा ११ धनुषाधाम र रतनपुर युनाइटेड क्लब बाराबिच प्री क्वाटर फाइनल खेल सम्पन्न भएको छ।
उक्त खेलमा रतनपुर युनाइटेड युथ क्लब बारालाई चार एक गोल अन्तरले पराजित गर्दै धनुषा ११ यस प्रतियोगिताको क्वार्टर फाइनल प्रवेश गरेको हो। धनुषालाई जित दिलाउने क्रममा बसन्त कुमालले ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको ३६ औ मिनेटमा पहिलो गोल,७२ औं मिनेटमा दोस्रो गोल र ८० औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।
साथै खेलको ७६ औं मिनेटमा समीप ढकालले थप एक गोल गरेका थिए। उता पराजित भएको टोली रतनपुर युनाइटेडको तर्फबाट अजय माझीले सान्त्वना गोल फर्काएका थिए। उक्त खेलमा ह्याट्रिक पुरा गरेका बसन्त कुमाल खेलको म्यान अफ द म्याच बन्दै नगद रु. २५०० सहित ट्रफी प्राप्त गरेका छन्।
आइतबार गोलबजार स्पोर्ट्स क्लब सिराहा र जिवेश्वर युवा क्लब (आयोजक) दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा