News दिप्रुङ चुइचुम्मा र बुढासुब्बा तेस्रो पौवादुङमा गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

पौवादुङमा । दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ र बुढासुब्बा आन्द्रुङ, धनकुटा यहाँ जारी तेस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दिनको पहिलो खेलमा दिप्रुङले मिरमिरे युवा क्लब, संखुवासभालाई ६–० को फराकिलो अन्तरले हरायो । दिप्रुङको जितमा नितेश लिम्बुले तीन गोलसहित ह्याट्रिक पूरा गर्दा प्रबिन राईले दुई गोल र सुनिल खड्काले एक गोल गरे । खेलको म्यान अफ दि म्याच दिप्रुङका ह्याट्रिककर्ता नितेस लिम्बु चुनिए ।

त्यस्तै दिनको दोस्रो खेलमा बुढासुब्बाले बुढीगंगा गाउँपालिका, मोरङलाई ४–२ ले पराजित गर्यो । बुढासुब्बाको जितमा सेसेहाङ लिम्बुले दुई गोल गर्दा सलोन जिमी र युगन राईले समान एक–एक गोल गरे । उता पराजित बुढीगंगाका लागि भने रक्की माझी र समिर राईले गोल गरे । खेलमा बुढासुब्बाका सलोन जिमी म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १८ गते ११ बजे हुने प्रिक्वाटरफाइनलमा सिंहदेवी एफसी, भाम्राङ र गोलबजार युनाइटेड क्लब, सिरहा भिड्नेछन् भने २ बजे हुने क्वाटरफाइनलमा नयाँ श्रीनाथ गण, भोजपुर र अल स्टार क्लब, धरान भिड्ने छन् ।

 तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।

Post Comments