News के.डी. गाईज दोस्रो जेनिथ कपको क्वाटरफाइनलमा
गोलनेपाल

सुनवल । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजना गरिएको दोस्रो जेनिथ कप खुल्ला नॉकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा केडी गाईज, सुनवल–३ किर्तिपुर–१ र अलपत्र एफ सिबीच प्रतिस्पर्धा भएको थियो। खेलमा केडी गाईज विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा केडी गाईज तर्फबाट आशिष तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा अलपत्र एफ सि का मौसम गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। दुबै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि त्यसपछि निर्धारित समयभर थप गोल हुन सकेन।

निर्धारित समयसम्म खेल १–१ को बराबरी रहेपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो। टाइब्रेकरमा केडी गाईज, सुनवल–३ किर्तिपुर–१ले ४–३ को नतिजासहित अलपत्र एफ सि माथि विजय हात पारेको हो।

टाइब्रेकरमा निर्णायक बचाउ गर्दै उत्कृष्ट प्रदर्शन गरेका केडी गाईजका गोलरक्षक रञ्जित थापालाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको छ।

यस प्रतियोगिताका विजेताले एक लाख बीस हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले साठी हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

Post Comments