News
प्रथम आठराई भेट्रान्स गोल्डकपको उपाधिका लागि बौद्ध र धरान १३ भिड्ने
आठराई । तेह्रथुमको आठराईमा जारी प्रथम आठराई आमन्त्रित भेट्रान्स गोल्डकपको उपाधिका लागि बौद्ध भेट्रान्स रानिटार पॉचथर र धरान १३ भेट्रान्स सुनसरी भिड्ने भएका छन ।
आठराईको सक्रान्ति बजार स्थित त्रि मोहन मा.वि.को नवनिर्मित खेल मैदानमा सम्पन्न फहिलो सेमिफाइनलमा तिजोक भेट्रान्स नवमीडॅाडालाई ८-२ गोलले पराजित गर्दै बैद्ध भेट्रान्सले फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टि सुट आउटमा फिदिम भेट्रान्सलाई ४-१ गोलले पराजित गर्दै धरान १३ भेट्रान्सले उपाधिका लागि बौद्ध संगको भेट पक्का गरेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फ निकालिएको थियो ।
आठराई भेट्रान्स क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ७५ हजार सहित ट्रफि र उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्नेछन । गोल्डकपको फाइनल खेल माघ २० गते हुनेछ ।
Post Comments
Related News