लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकपको दोस्रो क्वार्टर फाइनल बीरगंज युनाइटेड पर्सा र धनुषा ११ बीचको प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको छ।
बुधबार सम्पन्न उक्त खेलमा धनुषालाई एक शुन्यको साँघुरो नतिजामा पराजित गर्दै बीरगञ्ज युनाइटेडले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो। बीरगञ्जको जितमा खेलको ६७ औँ मिनेटमा अभिषेक चौधरीको असिस्टमा सुरज गुरोले निर्णायक गोल गरेका थिए।
निकै रोमाञ्चक बनेको उक्त खेलमा सुरजको एकमात्र गोल नै निर्णायक बनेको थियो। साथै उनी उक्त खेलको म्यान अफ द म्याच समेत बन्दै नगद रु.२५०० सहित ट्रफी प्राप्त गरेका छन्।
बिहिबार प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल अन्तर्गत गाईघाट युवा क्लब उदयपुर र आयोजक जिवेश्वर युवा क्लब दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- न्यू त्रियुगा प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा प्रवेश