News दोस्रो जेनिथ कप : योङ बोईजको शानदार प्रदर्शन, क्वाटरफाइनल यात्रा तय
गोलनेपाल

सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न सातौं दिनको खेलमा योङ बोईज एफसी, खैरेनी, रुपन्देहीले सम्पुर्ण एफसी, कोटिवहा, भैरहवालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

योङ बोईज एफसीको जितमा मनु कुमाल र अस्मित शर्माले दुई–दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने मन्जिल आलेले एक गोलको योगदान दिए। सम्पुर्ण एफसीका तर्फबाट मयान्क मगरले एक मात्र सान्त्वना गोल गरेका थिए। दुई गोलसहित प्रभावशाली खेल प्रस्तुत गरेका मनु कुमाल आजको म्यान अफ द म्याच घोषित भए।

भोलि माघ २३ गते शुक्रबार हुने आठौं दिनको खेलमा मुनस्टार गाइज, सुनवल र युनाइटेड युवा क्लब, हुप्सेकोट, नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

Post Comments