आठराई । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजार स्थित त्रिमोहन माध्यमिक विद्यालयको नव–निर्मित खेल मैदानमा माघ १७ देखि २० गतेसम्म सञ्चालन भएको तेह्रथुम जिल्लाकै पहिलो प्रथम आठराई आमन्त्रित भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको छ।
आठराई भेट्रान्स क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न सहयोग तथा स्रोतबाट कुल ५ लाख ५९ हजार ४३० रुपैयाँ संकलन भएको क्लबले जनाएको छ।
तर प्रतियोगिता सञ्चालनका क्रममा खेलाडीहरूको यातायात, होटल–खाना तथा बसोबास, रेफ्री तथा मिडिया व्यवस्थापन, पुरस्कार वितरण, खेल मैदान व्यवस्थापन लगायत सम्पूर्ण शीर्षकमा ७ लाख २० हजार ९०० रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष टासी लामाले जानकारी दिए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गोल्डकपको आय–व्यय विवरण सार्वजनिक गरिएको हो। खर्च आम्दानी भन्दा बढी हुँदा प्रतियोगितामा १ लाख ६१ हजार ४७० रुपैयाँ घाटा भएको अध्यक्ष लामाले स्पष्ट पारे।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि