News मोन्स्टर गाईजलाई देवचुली गोल्डकपको उपाधि
गोलनेपाल

पृथ्वीनगर । शान्तिदिप युवा क्लब, देवचुली–१०, पृथ्वीनगर, नवलपरासीको आयोजनामा सम्पन्न दोस्रो देवचुली गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर गाईज, सुनवलले जितेको छ ।

फाइनलमा मोन्स्टरले अठ्ठाईस बिगाहा युवा क्लब, कावासोतीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधिमाथि आफ्नो पकड जमाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल २–२ गोलको रोमाञ्चक बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा मोन्स्टर ५–४ ले विजयी बनेको हो ।

विजेता बनेको मोन्स्टर गाईजले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता अठ्ठाईस बिगाहा युवा क्लबले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

देवचुली नगरपालिका, नवलपरासी (बसुप) संरक्षक रहेको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments