गोरखा । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर १० स्थित छेवेटार खेलमैदानमा शनिबारबाट सुरु भएको प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो क्वार्टरफाइनल सातदोबाटो युथ क्लब काठमाडौँ र चित्लाङ फुटबल क्लब काठमाडौँबीच खेल सम्पन्न भएको छ।
उक्त खेलमा सातदोबाटोलाई १-० को साँघुरो नतिजामा पराजित गर्दै चित्लाङ फुटबल क्लबले सेमीफाइनलको यात्रा तय गरेको हो। चित्लाङको जितमा खेलको ३४ औँ मिनेटमा आसिष सोनमले गोल गरेका थिए। बाँकी समय दुवै टोलीबाट थप गोल हुन नसक्दा उक्त गोल नै निर्णायक गोल बनेको थियो। साथै उनी उक्त खेलको म्यान अफ दि म्याच बन्दै नगद रु.५ हजार सहित ट्रफी प्राप्त गरेका छन्।
सोमबार प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र प्लानिङ बोइज युनाइटेड दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन