लालबन्दी । बेङ्गखाडी युवा क्लब, महोत्तरी यहाँ जारी प्रथम लालबन्दी मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा बेङ्गखाडीले बिरगंज युनाइटेड क्लब, बिरगंजलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ बेङ्गखाडीका लागि सुदिप आले र सुजित बुढाथोकीले गोल गरे भने बिरगंजका लागि बिक्रम थोकर र उमेश संजेलले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने बेङ्गखाडीले बिरगंजमाथि ४–२ को जित निकाल्यो । खेलमा बेङ्गखाडीका गोलरक्षक रोहन घिसिङ म्यान अफ दि म्याच बने ।
अब बेङ्गखाडी युवा क्लब, महोत्तरीले २७ गते हुने फाइनलमा आयोजक जिवेश्वर युवा क्लब, सर्लाहीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
जिवेश्वर युवा क्लब, लालबन्दी–१, नवलपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न