लालबन्दी । बेङ्गखाडी युवा क्लब, महोत्तरी यहाँ जारी प्रथम लालबन्दी मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा बेङ्गखाडीले बिरगंज युनाइटेड क्लब, बिरगंजलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ बेङ्गखाडीका लागि सुदिप आले र सुजित बुढाथोकीले गोल गरे भने बिरगंजका लागि बिक्रम थोकर र उमेश संजेलले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने बेङ्गखाडीले बिरगंजमाथि ४–२ को जित निकाल्यो । खेलमा बेङ्गखाडीका गोलरक्षक रोहन घिसिङ म्यान अफ दि म्याच बने ।
अब बेङ्गखाडी युवा क्लब, महोत्तरीले २७ गते हुने फाइनलमा आयोजक जिवेश्वर युवा क्लब, सर्लाहीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
जिवेश्वर युवा क्लब, लालबन्दी–१, नवलपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- न्यू त्रियुगा प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा प्रवेश