News
युएईमा नेपाली टिमलाई तेस्रो स्थान
काठमाडौं । युएईमा सम्पन्न प्रतिष्ठित ओपन मास्टर्स गेम अबुधाबी–२०२६ को फुटबल विधातर्फ नेपाली फुटबल टोलीले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा अबुधाबी पुलिससँग १–० को साँघुरो अन्तरले पराजित भएपछि नेपाली टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको थियो । तेस्रो स्थानको प्ले अफ म्याचमा भने नेपालले अबुधाबी युनाइटेड एफसीलाई ५–२ ले हराउँदै तेस्रो बन्न सफल भयो ।
युएई–नेपाल फुटबल संघको व्यवस्थापनमा रहेको नेपाली फुटबल टिमले त्यहाँको विभिन्न कम्युनिटी फुटबलदेखि प्रतिष्ठित प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आइरहेको छ ।
Post Comments