काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएका शुरुवाती दुई खेलहरु मध्ये एक खेलमा निश्चित जितको नतिजा निस्किदा अर्को खेल रोमाञ्चक बराबरीमा टुंगिएको छ ।
दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा श्री भगवती क्लबले कांक्रेबिहार क्लबलाई ६–० को फराकिलो अन्तरले हरायो । भगवतीका लागि सुजन डंगोलले ह्याट्रिक गर्दा शिशिर लेखी, दिवश उराव र सुरज गुरुङले समान एक–एक गोल गरे ।
यो जितपछि आठ खेलबाट भगवतीको खातामा ८ अंक भएको छ र लिगतालिकाको शिर्ष दश नजिक छ । उता पराजित कांक्रेबिहारको खातामा १ अंक मात्र छ र पुछारतिरै संघर्षरत छ ।
पुलिस र एपिएफको रोमाञ्चक बराबरी
त्यस्तै शनिबार नै भएको दिनको दोस्रो खेलमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि आठ खेलबाट २० अंकसहित एपिएफ शिर्षता कै होडमा छ । त्यसैगरी आठ अंक जोडेको पुलिस दशौं स्थानमा उक्लिएको छ ।
शनिबार नै बेलुका सम्पन्न हुने दिनको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड क्लबबीचको खेल जारी रहेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)