News तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप शुरु, केराबारीको विजयी शुरुवात
गोलनेपाल

इटहरी । द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा शनिबारदेखि शुरु भएको तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा केराबारी फुटबल क्लब, मोरङले उत्कृष्ट शुरुवात गरेको छ ।

उद्घाटन खेलमा केराबारीले जलथल फुटबल क्लब, झापालाई ३–० को अनतरले हराउँदै विजयी शुरुवात गरेको हो । केराबारीको जितमा ओशन राई, भुवन बस्नेत र अनिल परियारले गोल गरे । खेलमा केराबारीका ओशन राई म्यान अफ दि म्याच बने । उनले त्यसवापत नगद ५५०० र मेडल हात पारे ।

यो जितसँगै केराबारी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल बसाहा क्लब, चौदण्डीगढी, उदयपुर र न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले गरेका थिए ।

आउँदो चैत्र ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments