News
राष्ट्रिय लिगः सातदोबाटो र पुलिसको बराबरी, लालीगुराँससँग प्लानिङ ब्वाईज पराजित
काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका शुरुवाती दुई खेलहरुमा एक खेल बराबरीमा सकिदा र अर्को खेमा लालीगुराँस एसोसिएशनले जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ११ खेलबाट ९ अंक जोडेको पुलिस लिगतालिकाको १२औं स्थानमा छ भने सातदोबाटोको पनि समान ९ अंक छ र गोलभिन्नताले पछि पर्दै १३औं स्थानमा छ ।
त्यस्तै दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा लालीगुराँसले प्लानिङ ब्वाईज युनाइटेडलाई ३–२ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । यो नतिजापछि १२ खेलबाट २४ अंकका साथ लालीगुराँस लिगतालिकाको तेस्रो स्थानमा छ । पराजित प्लानिङ ब्वाईज भने २२ अंकका साथ चौथो स्थानमा छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान