काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता तथा केही दिन अघि मात्रै शुरु भएको शहिद स्मारक महिला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ ।
एन्फाले बिहीबार आधिकारिक पत्र जारी गर्दै एन्फा राष्ट्रिय लिग र शहिद स्मारक महिला लिग अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ । यद्यपि स्थगित गर्नुको स्पष्ट कारण नखुलाए तापनि एन्फाले प्राविधिक कारणवश स्थगित गरिएको पत्रमा उल्लेख गरेको छ ।
उता केही सञ्चारमाध्यमहरुमा प्रकाशित खबर अनुसार हाल जारी लिगमा केही विदेशी खेलाडीहरुले श्रम स्वीकृति नलिई खेलेको पाइएकाले र त्यसबारे उजुरी पनि परेकाले अध्यागमन विभागले एन्फालाई पर्यटक भिषामा रहेका खेलाडीहरुलाई व्यवसायीक रुपमा खेल गतिविधीहरुमा संलग्न नगराउन पत्राचार गरेको बताइएको छ ।
हेर्नुहोस एन्फाको पत्रः


- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)