News आयोजक एन पेनाङ एफसीलाई तेस्रो एन पेनाङ गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौं । मलेसियाको पेनाङमा सम्पन्न तेस्रो संस्करणको “एन पेनाङ गोल्डकप” फुटबल प्रतियोगिताको उपाधि आयोजक एन पेनाङ एफसी ले जितेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा मकालु एफसी जोहोरबारु लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक टोलीले शानदार जित हासिल गरेको हो। उत्कृष्ट प्रदर्शन गर्दै सुरुदेखि नै दबाब बनाएको एन पेनाङ एफसीले एकतर्फी खेल प्रस्तुत गरेको थियो।

उपाधिसँगै विजेता एन पेनाङ एफसीले ३३ हजार मलेसियन रिंगेट सहित ट्रफी हात पार्यो भने उपविजेता मकालु एफसीले १७ हजार रिंगेट मा चित्त बुझायो।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी (MVP) एन पेनाङका क्यापटेन लाहान सुब्बा घोषित हुँदै आकर्षक पुरस्कार iPhone 17 Pro Max प्राप्त गर्न सफल भए।

मलेसियाको प्रमुख पर्व Hari Raya Aidilfitri को अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा मलेसियामा रहेका १६ वटा नेपाली फुटबल क्लबहरू को सहभागिता रहेको थियो।

मार्च २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको जानकारी आयोजक एन पेनाङ एफसीका अध्यक्ष अंकित थापा ले दिएका छन्।

Post Comments