News पुरुष फिफा वरियतामा नेपालको सात स्थान सुधार
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा पुरुष वरियतामा नेपालले अप्रत्याशीत रुपमा सात स्थान सुधार गर्दै १७५औं स्थानमा पुगेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ ।

एएफसी एसियन कप छनौटतर्फ मलेसिया विरुद्धको खेलमा हारको नतिजा उल्टिएर नेपालको पक्षमा आएपछि त्यसको प्रत्यक्ष असर फिफा वरियतामा समेत परेको अनुमान गरिएकोे छ ।

त्यस्तै १४१औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहँदा १७३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । त्यस्तै १८१औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।

त्यसैगरी १९२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९४औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसबाहेक १९९औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

फिफा वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । दोस्रो स्थानमा विश्व विजेता अर्जेन्टिना रहँदा तेस्रो स्थानमा अर्को पूर्व विजेता फ्रान्स रहेको छ ।

 

Post Comments