काठमाडौं । साफ यु–२० च्याम्पियनसिपतर्फ समूह चरणको अन्तिम खेलमा हारबाट जोगिएको नेपालले आयोजक माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
एक खेल अगावै सेमिफाइनल पुगिसकेको नेपालका लागि शुक्रबारको समूह विजेता वा उपविजेताको छिनोफानो लाग्ने खेलका रुपमा रहेको थियो । जसले गर्दा पनि यो बराबरी नतिजासँगै नेपाल समूह ए बाट समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्ने निश्चित बन्यो ।
खेलको १४औं मिनटमा मोहम्मद इमरानको गोलबाट माल्दिभ्सले खेलमा अग्रता बनाएको थियो । साथै जित नजिक समेत पुगेको थियो । तर खेलको अन्तिमतिर ८६औं मिनटमा निशानराज लावतले नेपालका लागि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएर टोलीको हार टारेका थिए ।
यो नतिजापछि ३ खेलबाट ७ अंक जोडेको नेपाल समूह ए को शिर्ष स्थानमा छ । बराबरीमा रोकिएको माल्दिभ्स २ अंकका साथ दोस्रो स्थानमा छ र समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै दुई खेलबाट ३ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ भने समान खेलबाट १ अंक जोडेको भुटान पुछारमा छ ।
शुक्रबार नै दोस्रो खेलमा श्रीलंका र भुटान पनि आमने सामने हुँदैछन् । यो खेलको नतिजाले समूह ए बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । जसमा श्रीलंका कै सम्भावना बलियो पनि रहेको छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल