News चौथो कोहलपुर गोल्डकप बैशाख १९ गतेदेखि, विजेताले ८ लाख पाउने
गोलनेपाल

कोहलपुर । पश्चिम नेपाल कै परिचित क्लब मध्ये एक कोहलपुर रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा वार्षिक रुपमा हुँदै आएको कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको चौथो संस्करण आउँदो वि.सं. २०८३ बैशाख १९ देखि २६ गतेसम्म हुने भएको छ ।

कोहलपुर–२ स्थित तह्र बिघा खेलमैदानमा हुने प्रतियोगितामा दुई विदेशी टिम, ३ ए डिभिजन क्लब, दुई मोफसलका क्लब र एक आयोजकको टोली गरी कुल आठ टोलीहरुको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने खेल संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको पत्रमार सम्मेलनमा जानकारी गराइयो ।

खेलकुदमार्फत पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै आयोजकले यस प्रतियोगितालाई सफल बनाउन सबैलाई अनुरोध समेत गरेको छ ।

Post Comments